नेपाल धितोपत्र बोर्डले टाइम फर्मास्युटिकल्स लिमिटेडको बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको लागि दिएको आवेदन ग्रहण गर्दै आवेदन सूचीमा समावेश गरेको छ।
कम्पनीले २०८३ साउन २२ गते बोर्डलाई आवेदन दिएको थियो, जसका लागि कम्पनीले बुक बिल्डिङ विधि अपनाउने भएको छ। धितोपत्र बोर्डले आईपीओ निष्काशनका लागि आवेदन दिने कम्पनीहरुलाई ६ चरणमा विभाजन गरेको छ, जसमा टाइम फर्मास्युटिकल्सलाई 'एप्लिकेसन रिसिभ'मा राखेको छ।
बोर्डले आवदेन दिएका कम्पनीहरुलाई आईपीओ जारी गर्ने प्रकृतिको आधारमा फरक-फरक क्याटागोरीमा राखेको छ। जसमा फेस भ्यालु, प्रिमियम र बुक बिल्डिङको क्याटागोरी रहेका छन्। फेस भ्यालु भनेको प्रतिकित्ता १०० रुपैयाँ दरमा आईपीको निस्काशन गर्नको लागि आवेदन दिएका कम्पनीहरु हुन्।
बुक बिल्डिङ विधि भने योग्य संस्थागत लगानीकर्ताले निर्धारण गरेको मूल्य हो, जसका लागि योग्य संस्थागत लगानीकर्ताले मूल्य निर्धारण गर्ने गर्छन्। यस प्रक्रियामा कम्पनीहरुले आफ्नो सेयरको मूल्य निर्धारण गर्न स्वतन्त्र छन्, जसका लागि उनीहरुले बोर्डले निर्धारित गरेको मापदण्ड अनुसार मूल्य निर्धारण गर्ने गर्छन्।





