बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय आज सकिँदैछ। भदौ २२ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको यो आईपीओमा इच्छुक लगानीकर्ताले कार्यालय समयभित्रै आवेदन दिनुपर्नेछ।

कम्पनीले कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन नसकेको सेयर, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयरसमेत जोडेर यो आईपीओ निष्कासन गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यसको बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ। इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय अवस्था मध्यम जोखिममा रहेको संकेत गर्छ।