नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ मा तीन कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ।
दुई जलविद्युत कम्पनी र एक उत्पादनमूलक कम्पनी आईपीओ निष्कासनको अनुमति पाएका छन्। हिम पर्वत हाइड्रोपावर, कान्तिपुर फार्मास्युटिकल्स ल्याब र आशुतोष इनर्जी तीन आईपीओ निष्कासक हुन्।
तीनै कम्पनीले ८८ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएका छन्। प्रतिकित्ता १०० रुपैयाँका दरले सेयर बिक्री हुनेछ।
हिम पर्वत हाइड्रोपावर गत असोज २० गते अनुमति पाएको छ। स्थानीय र साधारण व्यक्तिलाई ५९ लाख १५ हजार कित्ता सेयर बिक्री हुनेछ। यसबाट ५९ करोड १५ लाख रुपैयाँ जुटाउने छ। नागरिक क्यापिटल निष्कासनको बिक्री प्रबन्धक हो।
कान्तिपुर फार्मास्युटिकल्स ल्याबले कात्तिक १९ गते अनुमति पाएको छ। उनीहरू १७ लाख कित्ता सेयर बिक्री गर्ने छन्। १७ करोड रुपैयाँ जुटाउने छन्। मुक्तिनाथ क्यापिटल निष्कासनको बिक्री प्रबन्धक हो।
आशुतोष इनर्जीले कात्तिक २० गते अनुमति पाएको छ। १२ लाख कित्ता सेयर बिक्री हुनेछ। १२ करोड रुपैयाँ जुटाउने छ। एनएमबी क्यापिटल निष्कासनको बिक्री प्रबन्धक हो।





