लामो समयदेखि चर्चामा रहेको बीमा क्षेत्र सुधारको प्रक्रिया अन्ततः अघि बढेको छ। सरकारले गठन गरेको सुझाव समितिले आज एक सूचना जारी गर्दै समग्र बीमा क्षेत्रको सुधारका लागि काम थालनी भएको जानकारी दिएको हो।
समितिले यसका लागि आवश्यक कार्यहरू सुरु गरिसकेको छ। यसै क्रममा, बीमा क्षेत्रका सरोकारवालाहरूबाट रायसुझाव मागिएको छ। व्यक्ति, संघसंस्था तथा अन्य सरोकारवालाहरूले आगामी १५ दिनभित्र समितिमा आफ्ना सुझावहरू पठाउन सक्नेछन्।
प्राधिकरणले सुझाव पठाउनका लागि isrscommittee2083@gmail.com नामक इमेल ठेगानाको व्यवस्था गरेको छ।





