रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको राहत तथा उद्धारका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रमले निरन्तरता पाइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त जानकारीअनुसार, ती कोषमा हालसम्म १६ अर्ब १५ करोड ५५ लाख ३३ हजार ४६८ रुपैयाँ सञ्चित भइसकेको छ।
यसमध्ये प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको मात्र विभिन्न नौ वाणिज्य बैंकमा १२ अर्ब ५ लाख ९९ हजार ७२९ रुपैयाँ मौज्दात रहेको बताइएको छ। हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा खोलिएका डलर खातामा पनि २ करोड ७१ लाख ६ हजार ८२२ अमेरिकी डलर जम्मा भएको छ।
बाढी प्रभावित क्षेत्रमा खर्च गर्नका लागि सरकारले यस कोषबाट यसअघि नै १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।





