प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कतर्फ लाग्दै गर्दा उनको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ।

आज साँझ ७ बजे प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा सहभागी हुन प्रस्थान गर्ने कार्यक्रम छ। उनी असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्किने तालिका रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री शाहले आजै अर्थमन्त्री वाग्लेलाई कार्यवाहकको जिम्मेवारी दिन सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपतिले वाग्लेलाई उक्त जिम्मेवारी सुम्पेका हुन्।