माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको ८४ लाख ९० हजार ८०० कित्ता सेयरमा लगाइएको लकइन अवधि २०८३ कात्तिक २ गतेदेखि सकिने भएको छ। यससँगै ठूलो परिमाणको सेयर बजारमा कारोबारका लागि खुल्नेछ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा दर्ता गराएको कुल १ करोड कित्ता सेयरमध्ये संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको सेयरको लकइन अवधि सकिन लागेको जानकारी दिएको हो।
लकइनमा रहेका कुल ८४ लाख ९० हजार ८०० कित्ता सेयरमध्ये १४ लाख ९० हजार ८०० कित्ता संस्थापक सेयरधनीको रहेको कम्पनीले जनाएको छ। बाँकी ७० लाख कित्ता भने आयोजना प्रभावित स्थानीय र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर हो।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का नै रहने व्यवस्था छ।




