मकर जितुमाया सुरी हाइड्रोपावरले सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८२।८३ को लाभांश दर तोकेको छ। कम्पनीले विगतको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कुल १३.६८४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
यो लाभांश हालको चुक्तापुँजी ७६ करोड रुपैयाँको आधारमा गणना गरिएको हो। निर्णयअनुसार शेयरधनीहरूलाई १३ प्रतिशतको दरले ९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर प्राप्त हुनेछ।
साथै, कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतको दरले ५२ लाख रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण हुनेछ।
यो प्रस्ताव विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पछि मात्र लागू हुने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीको आगामी वार्षिक साधारणसभाले यसलाई अन्तिम रूपमा अनुमोदन गरी शेयरधनीहरूसम्म पुगाउने क्रम अघि बढ्नेछ।





