अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति पाएको छ। विद्युत् नियमन आयोगले केही बुँदामा संशोधन गर्न लगाएर कम्पनीलाई हकप्रद जारी गर्न अनुमति दिएको हो।

कम्पनीको चुक्ता पुँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेपछि सोही बराबरको हकप्रद सेयर निष्काशन गरिनेछ। यसअघि, कम्पनीको १४औँ वार्षिक साधारण सभाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो।

यस व्यवस्थाअनुसार, अपर हेवाखोलाले कुल ५७ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ।