युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरूलाई कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो लाभांश हाल कायम चुक्तापुँजीको सञ्चित मुनाफाबाट दिइनेछ। यसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश समावेश छन्।

कम्पनीका अनुसार, प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्नेछन्।