सुपर मादी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले आफ्ना शेयरधनीलाई कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको हिजो बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

Advertisement

तर, यो लाभांश शेयरधनीको हातमा पर्न विद्युत नियमन आयोगको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित हुनु अनिवार्य छ।

प्रस्तावित लाभांश अनुमोदनका लागि कम्पनीले असोज १ गते १७औँ वार्षिक साधारण सभा डाकेको छ। सो प्रयोजनका निम्ति भदौ २२ गतेका लागि बुकक्लोजको मिति तय गरिएको छ।