पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ९.९८ मेगावाट क्षमताको अप्पर माई जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि प्राविधिक समस्याका कारण बन्द रहेको यस आयोजनाको मर्मत कार्य सम्पन्न भएपछि बिजुली उत्पादन सुरु भएको हो।
कम्पनीले दिएको जानकारीअनुसार, आयोजनाको 'एक्सपान्सन जोइन्ट' (Expansion Joint) मा अत्यधिक पानी चुहावट भएपछि मर्मतका लागि सुरुङ पूरै खाली गर्नुपर्ने अवस्था आएको थियो। यही कारण गत भदौ २१ गते साँझ ६ः१० बजेदेखि विद्युत् उत्पादन आकस्मिक रूपमा बन्द गरिएको थियो।
Expansion Joint को मर्मत सकिएपछि अप्पर माई जलविद्युत् आयोजना गत असोज १६ गते दिउँसो ३ः०२ बजेदेखि पुन: सञ्चालनमा आएको कम्पनीले स्पष्ट पारेको छ। आयोजना सुचारु भएसँगै विद्युत् उत्पादन पनि पूर्ववत् अवस्थामा फर्किएको छ।





