मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार १५३ कित्ता शेयरमा लगाइएको लकइन अवधि आउँदो असोज १० गतेबाट खुल्ने भएको छ। कम्पनीले आज एक सूचनामार्फत यो जानकारी सार्वजनिक गरेको हो।
हाल लकइनमा रहेका कुल शेयरमध्ये संस्थापक समूहको ६८ लाख ८५ हजार २८० कित्ता छ। यसैगरी, आयोजना प्रभावित स्थानीय बासिन्दाको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीका कर्मचारीको १७ हजार १२३ कित्ता शेयर पनि सोही अवधिमा खुल्नेछ।
धितोपत्र बोर्डको नियमअनुसार, कुनै पनि कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ। यद्यपि, लकइन अवधि सकिए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा रहेका कर्मचारीको हकमा भने शेयर कारोबारमा रोक कायमै रहनेछ।





