बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड आज हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ बाँडफाँड असोज ५ गते सोमबार बिहान ९ बजेका लागि तयारी गरिएको छ।
कम्पनीले गत भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ६३ हजार २०० कित्ता आईपीओ निष्काशन गरेको थियो।
बाँडफाँडपछि ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। मागभन्दा निकै धेरै आवेदन परेका कारण बाँकी आवेदकको हात भने खाली रहने निश्चितप्रायः छ।




