सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको लाभांश सुरक्षित गर्ने समय आज, असोज ७ गते, सकिँदैछ। दुवै कम्पनीले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले, आजसम्म शेयर कायम रहने लगानीकर्ताहरू मात्रै यी कम्पनीले दिने लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य ठहरिनेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिक साधारणसभा असोज २२ गते काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ।

उक्त सभाले आर्थिक वर्ष २०८२/८३ का लागि बैंकको हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५.५३ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। यसमा ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) प्रस्तावित छन्।