सिद्धार्थ बैंक लिमिटेडले आफ्ना केही संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याउने भएको छ। व्यक्तिगत नाममा सूचीकृत उक्त संस्थापक समूहको शेयर बिक्री गरिपाऊँ भन्दै केही संस्थापकले नै बैंक व्यवस्थापनसमक्ष औपचारिक निवेदन दिएका थिए। सोही निवेदनलाई आधार मान्दै बैंकले आज एक सूचनामार्फत शेयर बिक्रीको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको हो।
बैंकका अनुसार यो शेयर खरिद गर्न चाहने विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदकहरूले बैंकको केन्द्रीय कार्यालयमा उपस्थित भई आफूले लिन चाहेको कित्ता स्पष्ट रूपमा खुलाएर आवेदन पेश गर्न सक्नेछन्।
निर्धारित ३५ दिनको यो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट कुनै पनि आवेदन नपरेको अवस्थामा भने बैंकले अन्य व्यक्ति तथा संघसंस्थाहरूलाई पनि शेयर बिक्रीको बाटो खोल्नेछ।





