शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय वर्ष २०८२/८३ को चौथो त्रैमासिक (असार अन्त्यसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणले व्यवसाय विस्तार, नाफा र लाभांश क्षमतामा उल्लेखनीय सुधार देखाएको छ। यसअनुसार बैंकले व्यवसाय विस्तार, खुद नाफा, लाभांश क्षमता र प्रतिशेयर आम्दानीमा8

मुख्य वित्तीय संकेतकहरू

असारको अन्त्यसम्म बैंकले १ अर्ब १८ करोड १२ लाख रुपैयाँको खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सो अवधिको ६४ करोड ५६ लाख रुपैयाँको तुलनामा ८२.९६ % बृद्धि हो। ब्याज आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँबाट बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जबकि कर्जा नोक्सानी (इम्पेरमेन्ट चार्ज) ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भयो। सञ्चालन नाफा ९१ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको रिपोर्टमा देखाइएको छ।

सम्पूर्ण वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ, जसले प्रति शेयर १६ रुपैयाँ ८६ पैसा वितरणयोग्य नाफा कायम गर्‍यो। चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँको साथ, संचित नाफा र अन्य जगेडा कोष मिलाएर कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

संकलित निक्षेप ७१ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ, र ग्राहकलाई प्रवाह गरिएको कर्जा ५६ अर्ब ९० करोड रुपैयाँबाट बढेर ६३ अर्ब २६ करोड रुपैयाँमा पुगेको छ। कुल सम्पत्ति ८० अर्ब ३५ करोड रुपैयाँबाट बृद्धि पाई ८७ अर्ब ७० करोड रुपैयाँको नयाँ स्तरमा पुगेको छ।

बजार विश्लेषकहरूका अनुसार, नाफा र ब्याज आम्दानीको तेज बृद्धिले बैंकको लाभांश सम्भावनालाई सुदृढ बनाएको छ। भविष्यमा कर्जा विस्तार र निक्षेप सँगै सन्तुलन कायम राख्न सकेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वृद्धि क्रम निरन्तर चल्ने सम्भावना देखिन्छ।