नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले पाँच जना संस्थापक सेयरधनीको नाममा रहेको यो सेयर हाललाई विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्ने गरी खुलाएको हो।

इच्छुक संस्थापक सेयरधनीले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाएर आवश्यक कागजातसहित ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो आवेदन बैंकको कमलादीस्थित सेयर रजिस्ट्रारको कार्यालयमा बुझाउन सकिनेछ।

तोकिएको समयसीमाभित्र हालका संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा बैंकले उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जानकारी दिएको छ।