नबिल बैंकको रसुवास्थित टिमुरे शाखालाई आज असोज १ गतेदेखि धुन्चे शाखामा गाभिएको छ। भोटेकोशीमा आएको बाढीले पूर्ण रूपमा क्षति पुर्याएपछि ग्राहकलाई निरन्तर बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले यो निर्णय लिएको हो।
२०८३ भदौ १० गते भोटेकोशीमा आएको बाढीले बैंकको टिमुरेस्थित शाखा कार्यालय बगाइदिएको थियो। भौतिक संरचनामा पूर्ण क्षति पुगेका कारण सोही स्थानमा तत्काल शाखा सञ्चालन गर्न असम्भव भएपछि बैंक व्यवस्थापनले शाखा समायोजनको बाटो रोजेको बताइएको छ।
अब टिमुरे शाखाका सम्पूर्ण ग्राहकले आफूले लिँदै आएका बैंकिङ सेवा तथा सुविधा धुन्चे शाखाबाटै पूर्ववत् रूपमा सहजै प्राप्त गर्न सक्नेछन्।




