महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गरी स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सहकार्यको थालनी गरेको छ। यसबाट बैंकका ग्राहकहरूले ती सेवाहरूमा विशेष छुट पाउने भएका छन्।
बैंकले विगत ३२ वर्षदेखि नेपाली जनताको घरदैलोमा निरन्तर गुणस्तरीय वित्तीय सेवा पुर्याउँदै आएको छ। यसै क्रममा, ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यले विभिन्न संस्थाहरूसँग सम्झौता गरिएको बैंकले जनाएको छ।

सम्झौताअनुसार, महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले सम्बन्धित संस्थाहरूबाट सेवा लिँदा विशेष छुटको लाभ उठाउन सक्नेछन्। यस किसिमको सहकार्यले ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
गुणस्तरीय वित्तीय सेवामा जोड दिँदै आएको यस बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब पनि सञ्चालनमा ल्याएको छ।





