युनाइटेड मोदी हाइड्रोपावरको ८ लाख ६१ हजार ३५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। यससँगै बजारमा कम्पनीको थप शेयर कारोबारका लागि उपलब्ध भएको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसारको शेयर आज नेप्सेमा दर्ता भएको हो।