सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १२ लाख ९ हजार ८६२ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। यो सूचीकरणसँगै अब उक्त सेयर कारोबारका लागि खुल्ला भएको छ।

कम्पनीले आफ्ना सेयरधनीहरूलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर यसरी नेप्सेमा दर्ता भएको हो। सोही अनुपातमा बोनस सेयर वितरण गर्ने निर्णय यसअघि नै भएको थियो।