सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि खुला गरेको छ। यसका लागि कम्पनीले ३५ दिने सूचना जारी गरेको हो।

संस्थापक शेयरधनी किशोरी थापाको नाममा रहेको यो शेयर बिक्रीमा ल्याइएको हो। सुरुमा, यसको खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिइएको थियो। तर, तोकिएको समयसीमाभित्र कसैबाट आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

शेयर खरिद गर्न चाहने इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित कम्पनीको कर्पोरेट कार्यालय, महालक्ष्मी–०४, ललितपुरमा आवेदन दिन सक्नेछन्। यसका साथै, शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्सालको कार्यालयमा पनि ३५ दिनभित्र आवेदन बुझाउन सकिनेछ।