लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्ड (SFEF) ले आफ्ना इकाईधनीहरूलाई गत आर्थिक वर्षको प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड र योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल रहेको यस फण्डले करसहित ४.५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो। क्यापिटलको सञ्चालक समिति बैठकले भदौ ५ गते उक्त दरमा प्रतिफल वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।