नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्ट र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपालस्थित आवासीय प्रतिनिधि प्रनभकुमार गुप्ताबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। खुमलटारस्थित सेबोनको कार्यालयमा भएको यस भेटमा पुँजीबजारको विकास, नीतिगत सुधार र बोर्डको संस्थागत क्षमता अभिवृद्धिजस्ता विषयमा छलफल केन्द्रित रह्यो।

सोही क्रममा आईएमएफका प्रतिनिधि गुप्ताले सेबोनले अघि बढाएका पुँजीबजार सुधारका कदमहरूमा आईएमएफसहित अन्य वित्तीय क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाहरूको पूर्ण सहयोग र समन्वय रहने प्रतिबद्धता जनाएका छन्।