सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा ग्रोथ फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरूलाई ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। योजना व्यवस्थापकको सञ्चालक समितिले भदौ ५ गते साँझ बसेको बैठकबाट कर सहितको यो लाभांश घोषणा गरेको हो।

फण्डका कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेड हो भने सानिमा क्यापिटल लिमिटेडले योजना व्यवस्थापक र डिपोजिटरीका रूपमा काम गरिरहेको छ।

बन्दमुखी प्रकृतिको यो योजनाको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६०० रुपैयाँ छ। गत असार मसान्तसम्म यसको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १०.५४ रुपैयाँ कायम थियो।

घोषित लाभांश वितरण प्रयोजनका निम्ति आगामी भदौ १८ गते एक दिनका लागि दर्ता किताब बन्द रहने जानकारी फण्डले गराएको छ।