आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरबिबि म्युचुअल फण्ड १ (RMF1) र आरबिबि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरूका लागि प्रतिफल घोषणा गरेका छन्। यी दुवै फण्डको योजना व्यवस्थापन आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्दै आएको छ।
असोज १ गते बसेको आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समिति बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई करसहित २.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
त्यसैगरी, सोही बैठकले आरबिबि म्युचुअल फण्ड २ (RMF2) का इकाईधनीहरूलाई करसहित ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
लाभांश वितरण प्रयोजनार्थ दुवै फण्डले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्।
यसको अर्थ, असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका इकाईधनीहरूले मात्र यी फण्डहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




