पुष्पलाल इन्भेस्टमेन्ट कम्पनीले आफ्ना शेयरधनीहरूलाई २१ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको यो शेयर बिक्रीबाट कम्पनीले कुल २१ करोड रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य लिएको छ।
इच्छुक शेयरधनीहरूले आगामी कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि भरिएको फारम र बैंकमा रकम जम्मा गरेको भौचर झापाको बिर्तामोडस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।




