प्राइम कमर्सियल बैंकको ‘प्राइम बैंक डिबेन्चर–२०९३’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ। यससँगै बैंकको १० वर्षे अवधिको ऋणपत्र औपचारिक रूपमा कारोबारका लागि योग्य बनेको हो।
कुल ३० लाख इकाइ सूचीकृत भएका छन्, जसको अंकित मूल्य प्रतिइकाइ १ हजार रुपैयाँ तोकिएको छ। यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।
सार्वजनिक बिदाका कारण भोलि बजार बन्द रहने हुँदा, यी ऋणपत्रका इकाइहरू पर्सि बुधबारबाट मात्रै कारोबारमा आउनेछन्।




