प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन्। कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेका यी दुई बन्दमुखी योजनाले लगानीकर्तालाई प्रतिफल दिने निर्णय गरेका हुन्।

योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समिति बैठकले भदौ ५ गते दिउँसो ४ बजे बसेर लाभांशसम्बन्धी निर्णय गरेको हो। बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड दुवैलाई १२ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।