हिमालयन ८०–२० म्युचुअल फण्डको इकाईमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले असोज ६ गते मंगलबार समायोजन गरेको छ। फण्डले आफ्ना इकाईधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले त्यसैलाई आधार मानेर मूल्य घटाएको हो।
यो समायोजनपश्चात् फण्डको प्रतिइकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो शुक्रबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर यो समायोजन गरेको थियो।
गत शुक्रबार हिमालयन ८०–२० को इकाई प्रतिकित्ता १२ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको थियो। अब असोज ६ गतेदेखि दोस्रो बजारमा फण्डको इकाई कारोबार यही समायोजित मूल्यबाट सुरु हुनेछ।




