नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच 'लक्ष्मी सनराइज डिबेन्चर २०९२' को सूचीकरण सम्झौता सम्पन्न भएसँगै यो ऋणपत्र अब दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ। १० वर्ष अवधिको ७ प्रतिशत ब्याजदरसहितको यस ऋणपत्रको अंकित तथा चुक्ता मूल्य प्रति कित्ता १ हजार रुपैयाँ तोकिएको छ। बैंकले कुल ३०,००,००० कित्ता डिबेन्चर सूचीकरण गरेको हो।

सर्वसाधारण लगानीकर्ताका लागि लक्ष्मी सनराइज बैंकले माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत यसअघि नै खुल्ला बिक्री आव्हान गरेको थियो। धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम गत असोज १ गतेको निर्णयअनुसार यसलाई नेप्सेमा दर्ता गरिएको छ।

लगानीकर्ताहरूले अब असोज ८ गतेबाट यस ऋणपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।