नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने आज असोज ६ गते (मंगलबार) अन्तिम अवसर रहेको छ।
यी दुवै फण्डले प्रतिफल वितरण प्रयोजनका लागि भोलि असोज ७ गते (बुधबार) एक दिनका लागि बुकक्लोज गर्दैछन्। त्यसैले, बुकक्लोज हुनुअघि अर्थात् आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई दर्ता भएका इकाईधनीहरू मात्रै घोषित प्रतिफलका लागि योग्य ठहरिनेछन्।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत नगद लाभांश बाँड्ने घोषणा गरिसकेको छ। यसैगरी, नबिल ब्यालेन्स्ड फण्ड ३ ले पनि २.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ।




