कुमारी क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा आज भदौ २४ गते बुधबार बस्दैछ। क्यापिटलको केन्द्रीय कार्यालय, नागपोखरी, काठमाडौंमा साँझ ५ः३० बजेदेखि सभा सुरु हुने जानकारी दिइएको छ।
साउन २९ गते बसेको सञ्चालक समितिको ८६ औं बैठकले सभाको मिति तय गरेको थियो। यस सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ।
त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि पनि छलफल भई पारित हुनेछन्।
सभामा आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पेश हुनेछ। यसका साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि चुक्ता पूँजीको १२.२५ प्रतिशतका दरले हुन आउने लाभांश करसहित रु.४,९०,००,००० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्यक्रम छ।




