कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको शेयर खरिदका लागि बजारमा आएको छ। बैंकले ५ हजार २५४ कित्ता शेयर बिक्रीमा राखको जानकारी दिएको हो।
यो शेयरमा आवेदन दिन चाहनेहरूका लागि ३५ दिनको अवधि तोकिएको छ। प्राप्त जानकारीअनुसार इच्छुक संस्था तथा संस्थापक शेयरधनीहरूले मात्र यसमा सहभागिता जनाउन पाउनेछन्।
आवेदन दिन चाहने लगानीकर्ताले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आफ्ना कागजात बुझाउन सक्नेछन्।





