कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक शेयर अहिले खुला बजारमा आएको छ। बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिमा चासो नदेखाएपछि यो हिस्सा अब सर्वसाधारण लगानीकर्ता र संस्थाहरूका लागि बिक्रीमा राखिएको हो।
यो शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो आवेदन दिनुपर्नेछ।
काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा पुगेर तोकिएको समयावधिभित्र आवेदन बुझाउन सकिने बैंकले जनाएको छ।





