हिमालयन बैंक लिमिटेडले चार जना संस्थापक सेयरधनीको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यससँगै बैंकले आइतबारदेखि औपचारिक रूपमा बिक्री प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।
लामो समयदेखि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिने प्रक्रिया चलिरहेको थियो। त्यो चरण सकिएपछि अब भने जोकोही व्यक्ति वा संस्थाले पनि यी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
बैंकका अनुसार, इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ। यो आवेदन काठमाडौं, कमलादीस्थित बैंकको कानून विभागमा पेश गर्न सकिनेछ। प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्थाअनुसार सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले स्पष्ट पारेको छ।




