गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिले चुक्ता पुँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय १६८औँ बैठकबाट गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरूले लाभांश पाउन सक्नेछन्।