साधारण सभा र लाभांश वितरणको तयारीमा रहेको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ। तोकिएको प्रयोजनका लागि संस्थाले बुकक्लोज गरेलगत्तै नेप्सेले नयाँ मूल्य निर्धारण प्रक्रिया अघि बढाएको हो।

कम्पनीले प्रस्ताव गरेको ९.५ प्रतिशत बोनस शेयरलाई आधार बनाएर यो समायोजन गरिएको छ। समायोजनपश्चात अब लघुवित्तको शेयरमूल्य घटेर १ हजार ४९७ रुपैयाँ ७२ पैसामा आएको छ।

नयाँ मूल्य निर्धारण गर्दा नेप्सेले अघिल्लो कारोबार दिन मंगलबार कायम अन्तिम शेयरमूल्य १ हजार ६४० रुपैयाँलाई आधार मानेको थियो। यही नयाँ समायोजित मूल्यलाई टेकेर आजदेखि दोस्रो बजारमा संस्थाको शेयर कारोबार सुचारु हुनेछ।