धितोपत्र ब्रोकर नम्बर ६२, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले आफ्ना ग्राहकका लागि ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याएको छ। यसले लगानीकर्तालाई थप लगानी क्षमता, लचिलो वित्तीय पहुँच र सहज कारोबारको अवसर दिने कम्पनीले जनाएको छ।
यो सुविधा केवल अतिरिक्त खरिद क्षमता बढाउने माध्यम मात्र होइन, बरु ग्राहकलाई आफूसँग भएको पूँजीको प्रभावकारी उपयोग गर्दै बजारमा आउने अवसरहरूमा समयमै सहभागी हुन सघाउने एक वित्तीय सुविधाका रूपमा क्यापिटल म्याक्सले अघि सारेको छ। यसबाट ग्राहकले आफ्नो तरलता व्यवस्थापन गर्न पनि सक्नेछन्।
स्मार्ट मार्जिन ट्रेडिङ सुविधाअन्तर्गत वार्षिक ७.९९ प्रतिशत ब्याजदर तोकिएको छ। ग्राहकले आफूलाई स्वीकृत सीमाभित्र रहेर आवश्यकताअनुसार यो वित्तीय सुविधा उपयोग गर्न पाउनेछन्।
- ब्याजदर: ७.९९% वार्षिक
- वित्तीय सीमा: रु. १० लाखदेखि रु. ५ करोडसम्म
- ग्राहकको न्यूनतम मार्जिन: ३०%
- ब्रोकर कम्पनीबाट फाइनान्सिङ: अधिकतम ७०% सम्म
- अवधि: १ देखि ३ महिनासम्म
- सेवा शुल्क: ०.२५%
कम्पनीका अनुसार मार्जिन ट्रेडिङका मुख्य फाइदाहरूमा कम प्रारम्भिक पूँजीबाट पनि खरिद क्षमता बढाउन सकिने, आफ्नो उपलब्ध इक्विटीका आधारमा थप लगानी क्षमता प्राप्त हुने र प्रतिस्पर्धी ब्याजदरमा सुविधा उपलब्ध हुनु प्रमुख हुन्।
क्यापिटल म्याक्सले यो सुविधालाई सरल र व्यवस्थित प्रक्रियामार्फत उपलब्ध गराएको छ। १० लाखदेखि ५ करोड रुपैयाँसम्मको वित्तीय सीमा, अधिकतम ७० प्रतिशतसम्म फाइनान्सिङ, ७.९९ प्रतिशतको वार्षिक ब्याजदर र सबैभन्दा महत्त्वपूर्ण, प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्ने व्यवस्थाका कारण यो सुविधा विशेष मानिएको छ। अर्थात्, ग्राहकले स्वीकृत सम्पूर्ण सीमामा नभई वास्तवमा जति रकम उपयोग गर्छन्, त्यसमा मात्र ब्याज गणना हुनेछ।
सम्बन्धित निकायले स्पष्ट पारेअनुसार मार्जिन ट्रेडिङ सुविधासम्बन्धी सम्पूर्ण कारोबार तथा वित्तीय सुविधा प्रचलित नियम, नियामकीय व्यवस्था, स्वीकृत सीमा र कम्पनीका सम्बन्धित शर्तहरू बमोजिम हुनेछ। बजारमा जोखिम रहने हुँदा लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखी मात्र निर्णय लिनुपर्नेछ।





