सोमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला रु. १६०० र चाँदीको मूल्य प्रतितोला रु. ६० बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ०६ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी प्रतितोला ४ हजार ७७० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च तीन लाख ३९ हजार तीन सय रुपियाँ पुगेको थियो भने सो दिन चाँदीको मूल्य पनि हालसम्मकै उच्च ७ हजार पाँच सय पाँच रुपियाँ कायम भएको थियो।


