सोमबार सम्पन्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति बैठकले आफ्ना लगानीकर्ताका लागि लाभांशको भारी बोकेको छ। हाल कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई कुल ९.५० प्रतिशत लाभांश दिने निर्णय भएको हो।
संस्थाको हालको चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसा रहेको छ। यसै आधारमा ६ प्रतिशतले हुन आउने ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।
बोनस शेयर मात्र होइन, लाभांशमा लाग्ने कर प्रयोजनसमेतका लागि ३.५० प्रतिशत नगद लाभांशको प्रस्ताव गरिएको छ। जसका लागि २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा छुट्याइएको संस्थाले प्रस्ट पारेको छ। यी दुवै शीर्षक, अर्थात् बोनस शेयर र नगद लाभांश जोड्दा लगानीकर्ताले कुल ९.५० प्रतिशत लाभांश पाउनेछन्।
तर, सञ्चालक समितिको यो निर्णयले तत्कालै पूर्णता भने पाउँदैन। नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाउनु पर्नेछ र त्यसपछि संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश शेयरधनीको हातमा पुग्नेछ।





